Indrenionline.com

एउटा जिल्लाबाट अर्काे जिल्ला जाने अनिवार्य क्वरेण्टीनमा वस्नुपर्ने

काठमाडौं, २५ भदौ । विदेशबाट आउने वा एउटा  जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य रुपमा १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको नियम अनुसार १४ दिन अनिवार्य क्वरेण्टीनु पर्ने र त्यहाँ वस्दाको सम्पूर्ण खर्च आफैले बेहोर्नुपर्ने छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

१४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएमा भने पीसीआर परीक्षण गर्नुपर्ने छैन । यस्तै ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने मन्त्रालयले जनाएको छ ।