इन्द्रेणी संवाददाता
काठमाडौं, २५ भदौ। नेपालमा आज बिहीवार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।
नेपालमा हाल १४ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेशनमा ८ हजार ११० जना रहेका छन् । बिहीवार थप १ हजार ८१८ जना डिस्चार्ज भएका छन् ।