Indrenionline.com

थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु, हालसम्म ३२,९६४ जना डिस्चार्ज भए

इन्द्रेणी संवाददाता
काठमाडौं, २३ भदौ। नेपालमा आज मंगलवार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा १० हजार ६११ पीसीआर परीक्षण गर्दा ९०२ जनामा कोरोना प्ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

यसैगरी वितेको २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । मंगलवार थप २ हजार २८७ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । अहिलेसम्म मुलुकमा ३२ हजार ९६४ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।