इन्द्रेणी संवाददाता
काठमाडौं, २२ भदौ । झण्डै तीन वर्षपछि सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै २०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट झण्डै तीन वर्षपछि खुल्ला गरिएको हो ।
भू–उपयोग नियमावली जारी भइ भू–उपयोग नक्सार डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डीकरण गर्न अनुमति दिइएको महाशाखाले जनाएको छ । यो निर्णयसँगै देशभर रहेका जग्गाको कित्ताकाट गर्न पाइने छ ।
यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो । जग्गा व्यवसायीले जथाभावी रुपमा जग्गा खण्डीकरण गर्दा पछिल्लो समयमा खेतीयोग्य जमिन नासिदै गएको छ ।