रुकुम, २२ भदौ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सञ्चालित १३ ओटा मेडिकल सिल गरिएको छ । नगरपालिकामा सञ्चालित १६ ओटामध्ये १३ ओटा मेडिकल बन्द गरिएको हो । अनुगमनको क्रममा कैफियत भेटिएपछि मेडिकल सिल गरेको चौरजहारी नगरपालिकाले बताएको छ ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मादण्डसम्बन्धी निर्देशिका पालना नगरिएकाले मेडिकल बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार नगरपालिकामा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीले सञ्चालन गरेका मेडिकल पनि बन्द गरिएको छ अभियानमा प्रवीर ददेल लेख्छन्।
नगरपालिकाले ३ दिन लगाएर मेडिकल अनुगमन गरेको थियो । तोकिएको मापदण्ड पूरा गरेपछि सिल खोलेर मेडिकल सञ्चालनको अनुमति दिइने नगर उपप्रमुख राधा रोकाले जानकारी दिएकी छिन् । उनका अनुसार ६, १०, ११, १२, १३ र १४ नम्बर वडालाई पायक पर्ने गरी ५ शय्याको अस्पताल सञ्चालन गर्ने तयारी पनि थालिएको छ ।