Indrenionline.com

चाउचाउ उद्योगका ४२ जना कर्मचारीमा कोरोना संक्रमण

बर्दिया, २१ भदौ । बर्दियामा एकैदिन ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्दियाका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित पुष्टि भएका ४३ जनामध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र पाँच जना बर्दिया जिल्ला बाहिर ठेगाना रहेकाहरू छन् ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार संक्रमित पुष्टि भएकामध्ये ४२ जना बाँसगढीमा रहेको सिजी फुड कम्पनीमा कार्यरत कर्मचारी हुन् । संक्रमण पुष्टि भएकामा २९ जना महिला हुन् । यसअघि सिजी ग्रुपका सञ्चालक उद्योगपति विनोद चौधरीलाई पनि कोरोना संक्रमण देखिएको थियो ।