Indrenionline.com

प्यूठानमा एक जना मकैवारीमा मृत फेला

इन्द्रेणी संवाददाता
प्यूठान, २१ भदौ। प्युठानमा एक जना मृत फेला परेका छन् । प्यूठान नगरपालिका वडा नं. ८ माथिल्लो दम्तीका ५९ वर्षिय चाकुरे कुमाल मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

उनी आइतवार विहान ७ बजे घरदेखि झण्डै ४ सय मिटर टाढा मकैबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको शवलाई प्युठान अस्पताल विजुवारमा पोष्टमार्टम गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।