Indrenionline.com

रुकुम पश्चिममा एकैदिन १९ जना डिस्चार्ज

इन्द्रेणी संवाददाता
रुकुम, २० भदौ । रुकुम पश्चिममा आज एकैदिन १९ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

जिल्लाको विभिन्न स्थानमा रहेका आइसोलेसनबाट १९ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले बताए । जिल्लामा २८ आइसोलेसनमा भएकोमा १९ जना डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमणपछिको पहिलो परीक्षण रिपोर्ट नेगेटिभ आएर पनि १४ दिन आइसोलेसनमा बसेकाहरुलाई डिस्चार्ज गरिएको हो । अब रुकुम पश्चिममा ९ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म ६४ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा ५५ जनाले कोरोना जितेका छन् भने अन्यको स्वास्थ्य अवस्था सामान्य छ ।