Indrenionline.com

विहानै बुटवल कोरानो विशेष अस्पतालमा दुई जनाको मृत्यु

इन्द्रेणी संवाददाता
रुपन्देही, २० भदौ । कोरोना संक्रमणबाट बुटलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र बुटवल उपमहानगरपालिका ११ का ४० बर्षीय पूरुषको मृत्यु भएको अस्पालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिएका छन् ।

भदौ १७ गते अस्पताल भर्ना भएकी ती महिलाको भेन्टीलेटरमा राखी उपचार गर्दा गर्दे आज बिहान ६ बजेतिर मृत्यु भएको हो । उनलाई ज्वरो, खोकी लागेपछि परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै बुटवलका ४० बर्षीय पुरुष भदौ १५ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । विगत ४ दिनदेखि भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दे गएराति ११ वजे मृत्यु भएको हो । उक्त अस्पतालमा हिजो मात्रै ३ जनाको मृत्यु भएको थियो ।