इन्द्रेणी संवाददाता
काठमाडौं, १९ भदौ । नेपालमा आज शुक्रवार थप १ हजार ३५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
नेपालमा हाल १८ हजार ७०४ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी होम आईसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा १० हजार ९४२ जना रहेका छन् ।
अहिलेसम्म कुल पीसीआर परीक्षण संख्या ७ लाख ४३ हजार ४९० पुगेको छ भने विगत २४ घण्टामा १३ हजार ६३८ ओटा पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार शुक्रवार मात्रै थप १ हजार ३५४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।
यसैगरी २४ घण्टामा थप १४ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ । मृत्यु हुनेमा चार जना महिला र १० जना पुरूष रहेको प्रवक्ता गौतमले बताए ।