इन्द्रेणी संवाददाता
बुटवल, १९ भदौ। बुटवल कोरोना विशेष अस्पतालको आइसियूमा राखेर उपचार गराइरहेका एक जना बृद्धको ज्यान गएको छ ।
भदौ ४ गते अस्पताल भर्ना भएका ती बृद्धको नौ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो ।
कोरोना संक्रमित ती पुरुषमा मधुमेह र उच्च रक्तचापको पनि समस्या रहेको बताइएको छ ।
त्यसैगरी रुपन्देहीमा होम आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमित मृत्यु भएको छ । कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ८ का ४५ वर्षीय पुरुषको आज शुक्रवार विहान मृत्यु भएको हो ।