इन्द्रेणी संवाददाता
काठमाडौं, १९ भदौ । भदौ १६ गते केन्द्रीय कारागार सुन्धारामा मृत्यु भएका तीन जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ । दीर्घरोगी रहेका ती कैदीको मृत्यु भएपछि नमूना परीक्षण गर्दा उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि मेघा अस्पतालमा मृत्यु भएका एक कैदीको पनि रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमणबाट मृत्यु हुने कैदीको संख्या ४ पुगेको छ ।