दिपक बोहरा
तुलसीपुर, २९ असार । तुलसीपुर नगरपालिका १४ बनगाउ निबासी तेजबहादुर ओली आफ्नी श्रीमतीको उपचारका लागि सोमवार राप्ती अञ्चल अस्प्ताल आएका थिए । बिहान १० बजे अस्पताल आएका ओलीले दिउँसो १ बजे सम्म अस्पतालमै कुरे । तर उनले सम्वन्धित डाक्टर फेलापार्न सकेनन् । डाक्टर नै नभेटिएपछि ओली दम्पत्ति सोमवार जाँच नै नगराएरै घर फर्किए । ओलीले श्रीमतीलाई गर्भ अवस्थाको वारेमा नियमित चेकजाँच गराउन ल्याएका थिए ।
ओली जसता धेरै सेवाग्राहीहरु अस्पतालको सेवा सुविधा निकै पट्यारलाग्दो रहेको गुनासो गर्दै आएका छन् । एउटा सामान्य जाँच गराउन लाईन बसेपनि डाक्टरको अभावमा घण्टौ कुर्नुपर्ने परिस्थिती अञ्चल अस्पतालमा छ ।
अस्पताल बिकास समितिका अध्यक्ष रुद्रमणि शर्मा आचार्यले अस्पताल प्रशासनले आवश्यक निगरानी नगर्दा डाक्टरहरुमा मनोमानी बढेको र समयमा कार्यकक्ष नजाने गरेको गुणासो पोख्नुले पनि अस्पताल भित्रको बेथित उदांगो हुन्छ । अस्पताल प्रशासनले कार्यरत डाक्टरहरुलाई आचारसंहिता अनुसार हिडाउन नसक्दा डाक्टरहरुको मानोमानी बढेको उनको कथन छ । उनले भने – ‘कार्यरत कर्मचारीहरुलाई अस्पतालका मेसुले नियममा रहेर दायीत्व पुरा गर्न निर्देशन दिन सक्नुपर्ने हो तर, यहाँ त्यसो हुन् सकेको छै्रन्।’ तर अस्पतालले कर्मचारीहरुलाई आवश्यक सबै सुबिधा उपलब्ध गराउन नसक्नुले कडाई गर्ने हो भने उपलब्ध कर्मचारी पनि अन्तै सरुवा मिलाएर जान्छन् कि भन्ने त्रास प्रशासनलाई छ ।
‘न राम्रो सेवा, न पुर्बाधार छ, न आबश्यक दरबन्दी पुरा’ यस्तोमा कसरी सेवाप्रभाह राम्रो हुन्छ रु एक जना अस्पतालका कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भनेका थिए । हाल राप्ती अञ्चल असपतालमा बिशेषज्ञ चिकित्सकको दरवन्दी ११ भएपनि २ जना मात्रै कार्यरत छन् । ९ जना छैनन्र । मेडिकल अधिकृतमा ६ जनाको दरबन्दी मध्ये ४ जना मात्रै छन् । १८ जना स्टाफ नर्सको दरबन्दीमा ११ जना मात्रै कार्यरत छन् । तर अस्पताल नर्सिङ प्रशासकमा आवश्यक १ जना , व।मे।ट।मा १ जना , सिस्टर सातौ तहमा २ जना , हावस किपरमा १ जनाको दरबन्दी रहेपनि यी कुनैमा कर्मचारी नरहेको नायब सुब्बा नबेन्द्र गिरीले जानकारी दिए ।
व्लड बैंक अझैं सञ्चालनमा आएन
आईसियू सञ्चालनमा पनि विलम्व
सरकारले समयमै राप्ती अञ्चल अस्पतालमा आबश्यक दरबन्दी अनुसारको म्यानपावर उपलब्ध नगराउँदा आईसियू सेवा सञ्चालनमा विलम्व भएको अस्पताल प्रशासनले जनाएको छ । आवश्यक दक्ष जनशक्तिको अभवामा अस्पतालमा आईसियु सेवा संचालनमा आउन नसकेको मेसु श्रेष्ठले बताए । उनले भने ‘आईसियु संचालन गर्न १२ जना मेडिकल अधिकृत चाहिन्छ तर सरकारले त्यो अनुरुपको दरबन्दी नपठाएकाले आईसियु सञ्चालन गर्न नसकीएको हो ।’ दरबन्दीका लागि आफुले पटक÷पटक केन्द्रमा पत्राचार गर्दापनि कन्द्रले कुनै चासो नदिएको मेसु श्रेष्ठले गुनासो गरे ।