इन्द्रेणी संवाददाता
काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकार लाइ आफुले दिएको समर्थन फिर्ता भए संगै नयाँ सरकारको संरचनाबारे गृहकार्य तीब्र भएको छ । अहिले राति अबेर सम्म पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले सरकारको स्वरुपबारे छलफल तीब्र पारेका छन् यद्धपी कांग्रेस र माओवादी बीच एक प्रकारको सहमति भने भैसकेकोछ ।
त्यस्तै स्रोतका अनुसार माओवादी केन्द्र र कांग्रेसका बिचमा केहि महत्वपुर्ण मन्त्रालय मा सहमति गर्ने र केहि मन्त्रालय हरु साना दलहरुलाई छोड्ने सहमति भएको छ भने वर्तमान सरकार सहयोग गरेका मधेसी दलहरुले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा भने नजाने निर्णय गरेकाछन