इन्द्रेणी संवाददाता
काभ्रे, १८ भदौ । काभ्रेमा एक जना जेठाजूले आफ्नै बुहारीको वञ्चरो प्रहार गरी हत्या गरेका छन् । नमोबुद्ध नगरपालिका ८ डराउनेपोखरीमा आज बिहान जेठाजु सुर्दशन अधिकारीले ३५ वर्षीय बुहारी रञ्जना अधिकारीको हत्या गरेका हुन् ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारविक्रम थापा बताए ।