इन्द्रेणी संवाददाता
काठमाडौं, १७ भदौ । काठमाडौंं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो गर्दै एक हप्ताका लागि थप गरिएको छ ।
निषेधाज्ञा थप गर्दा केही सेवालाई खुकुलो बनाइएको छ । अत्यावश्यक वस्तु तथा सेवामध्ये खाद्य वस्तु, दूध, फलफुल, माछामासु, तरकारी विक्री गर्ने समय बढाएर विहान ११ बजेसम्म पुर्याइएको छ ।
यस्तै विकास निर्माणसँग सम्बन्धित पसल र व्यवसायका साथै छोटो ढुवानीको लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न स्वीकृति दिइएको छ । व्यवसायीहरुलाई टेक अवे सेवा संचालन गर्न पनि स्वीकृति दिएको छ ।