Indrenionline.com

भोलि देखि जिल्ला प्रशासन कार्यालय दाङको सेवा ठप्प

इन्द्रेणी संवाददाता 

जिल्ला प्रशासन कार्यालय दाङको सेवा भोलि भाद्र १७ गते बुधबार देखि ठप्प रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछी प्रशासन कार्यालयको सेवा रोकिएको हो ।

जिल्ला प्रशासन कार्यालयक दाङले दैनिक प्रदान गर्दै आएको सेवा अर्को सूचना नभएसम्मका लागि रोकिएको हो । सेवा ठप्प भएपनि अत्यावश्यक काम भने हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै जिल्ला प्रशासन कार्यालय बन्द भएको बताएका हुन् ।