Indrenionline.com

विधुत लाइन विस्तार नहुँदा अन्धकारमा जिल्ला सदरमुकाम

जितेन्द्र बुढाथोकी
रुकुमकोट, १५ भाद्र । पूर्वी रुकूमको सदरमुकाम रुकुमकोटमा सोमबार देखी विद्युत सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम अन्धकारमा बस्न बाध्य भएको छ ।

नेपाल बिधुत प्राधिकरणको विधुत लाइन रुकुमकोटमा पुगेको लामो समय बितिसक्दा पनी लाईन बिस्तार नहुँदा जिल्ला सदरमुकाम बासि अन्धकारमा बस्न बाध्य छन ।

सोमबार दिउँसो १२ बजेबाट जिल्ला सदरमुकामसहित सिस्ने गाउँपालिकाका वडा नम्बर ३ र ४ का साथै बाफीकोट गाउँपालिकाको १ नम्बर वडामा पनि विद्युत सेवा अबरुद्ध भएको छ ।

पश्चिम रुकुमको बाफिकोट गाउँपालिका १ लागिम मा रहेको नव भिजन लघु जलविद्युत आयोजनाको पावर हाउसमा रहेको बेल्ट चुडिएपछि विद्युत सेवा अबरुद्ध हुन पुगेको हो ।

बेल्ट चुडिएपछि अर्को नयाँ बेल्ट ल्याएर जडान गर्नुपर्ने छ । त्यसको लागि एकसाता लाग्ने नभ भिजन लघु जलविद्युत आयोजना सहकारी संस्थाका उपाध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो । विद्युत सेवा अबरुद्ध भएपछि जिल्ला सदरमुकाम रुकुमकोटसँगै अन्य वडाका मानीसहरुलाई पनि समस्या परेका छन् ।

विद्युत सेवा अबरुद्ध हुदा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुमा नियमीत कामकाज गर्न समस्या भएको छ भने नागरिकलाई साझ बिहानको दैनिक कामका साथै विद्यार्थीलाई पठनपाठनमा पनि समस्या भएको छ ।

बेल्ट लिनको लागि जिल्लाबाट टोली हिडेको र अबको एक साताभित्रै बिद्युत सेवा सुचारु गर्ने पनि संस्थाका उपाध्यक्ष थापाले बताउनुभयो ।