इन्द्रेणी संवाददाता
वीरगञ्ज, १६ भदौ । वीरगञ्जमा आज एकैदिन तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना, गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना र नारायणी अस्पतालमा उपचारत एक जना गरी थप तीन जनाकज्यान गएको हो ।
त्यस्तै वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा आज बिहान वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी साउन ३० गते कोरोना संक्रमण पुष्टि भएपछि १८ दिनदेखि कोभिड अस्पतालको आइसियुमा उपचाररत थिए ।
भदौ १३ गते सडकमा बिरामी अवस्थामा बेवारिसे भेटिएका ६० वर्षीय पुरुषको सोमबार राति नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्युपछि स्वाब सङ्कलन गरी जीन एक्सपर्ट विधिबाट पीसीआर परीक्षण गर्दा कोरोना देखिएको थियो ।