इन्द्रेणी संवाददाता
चितवन, १६ भदौ । विरामी बोकेको एम्बोलेन्स आज विहान पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको छ । काठमाडौबाट विरामी लिएर सर्लाही जादै गरेको ना ५ च १०३३ एम्बुलेन्स विहान ५:१५मा त्रिशुलीमा खसेको हो ।
घाइते हुनेहरुमा झापा गौरीगन्ज गाउपालिका १ बस्ने २८ वर्षिय एम्बुलेन्स चालक सरोज दाहाल, सर्लाही बरहथवा नगरपालिका २ बस्ने वर्ष ५० की क्यान्सर बिरामी दिलमांया राना मगर, सोही नगरपालिका १५ वर्षिय बाधे राना मगर, २६ वर्षिय मेक कुमारी राना मगर, ३४ वर्षिय नरबहादुर मगर रहेका छन् ।
एम्बुलेन्स आफै अनियन्त्रित भएर सडकबाट ५० मिटर तल त्रिशुलीको किनारमा खसेको थियो । घाइतेहरुको चिवतनको भरतपुरअस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।