काठमाडौं, १६ भदौ । बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना संक्रकण भएको छ । उनले आफू र श्रीमतीलाई कोरोना सङ्क्रमणसंक्रमण पुष्टि भएको बताएका छन् ।
यसैगरी प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई पनि कोरोना संक्रमण देखिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो आएपछि परीक्षण गराउदा सोमबार राति १० बजे मात्रै संक्रमण पुष्टि भएको हो ।मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै बसेका छन् ।