नयाँ आर्थिक वर्षको शरुदेखि सवारी साधनको मुल्य वृद्धि हुनेभएको छ । सरकारले सवारी साधानहरुमा राजश्व बृद्धिगरेपछि सवारी साधन को मूल्य वढनेभएको हो । सरकारले बृद्धिगरेको राजश्व र विश्ववजारमा वढेको महंगीले सवारी साधनको मुल्यवृद्धि हुनेभएको तुलसीपुरमा होण्डासाइन मोटरसाइकल विक्रेता दिपेश भण्डारीले वताए ।सरकारले सडक सुधार दस्तुर र सवारीकरमा नयाँ आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरी राजश्व वृद्धि गरेको छ । सरकारले जिपकार ट्रक वस लगाएतका सवारीसाधनमा सडक सुधार दस्तुर करमा ५देखि ७प्रतिशत वृद्धि गरेको छ भने सवारी करपनि वढाएको छ ।
सवारी प्रयोग गरेवापत सरकारलाई तिर्नुपर्ने वार्षिक सवारी कर भने सरकारे २ सय ५०सिसि क्षमता सम्मका मोटरसाइकलमा यथावत राखेको छ भने २सय ५१देखि ४सय सिसि सम्मका लाई ६हजार वाट ८हजार ,४सय १देखि माथिको मोटर साइकल लाइ १०हजार वाट वृद्धि गरी १५हजार वार्षिक कर तिर्नुपर्ने भएको छ । कार जिप ,वस तथा ट्रकमा पनि सरकारले वार्षिक सवारीकरमा १हजार देखि ३हजार सम्म वृद्धिगरेको छ ।
१ हजार सि सि क्षमताको जिपकार ले अव १९हजार वार्षिक सवारीकर तिर्नुपर्ने भएको छ ।यस अघि उनिहरुले १८ हजार तिर्दै आएकाथिए ।
१हजार १देखि १५सय सिसि क्षमताकाले २१हजार १५सय १देखि २हजार सिसि क्षमताकाले २३हजार २हजार १देखि २हजार ५सय सिसि क्षमताले ३०हजार २हजार ५सय १देखि माथि २हजार ९सय सिसि क्षमताकाले ३७हजार र २हजार ९सय सिसि भन्दा माथिका सवैले ५३हजार कर तिर्नुपर्ने यातायात व्यवस्थाकार्यालय राप्तीले जनाएको छ । सडक सुधार दस्तुर र सवारीकर वृद्धि भएपनि राजश्व संकलनको वार्षिक लक्षय भने यातायात कार्यालयलाइ नहुने यातायात व्यवस्था कार्यालय राप्तीका कार्यालय प्रमुख अच्युत दाहल ले वताए ।