Indrenionline.com

नेपालमा कोरोनाबाट मर्नेको संख्या २२८ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ । आज सोमवार एक जना स्वास्थ्यकर्मीसहित थप सात जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या २२८ पुगेको हो । मृतकहरूमा ३ महिला र ४ जना पुरुष रहेका छन् ।

नेपालमा पछिल्लो समयमा संक्रमितको संख्या बृद्धि हुदै गएको र मृत्यु हुने दर पनि बढ्दै गएकाले सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको छ । पछिल्लो एक महिनादेखि नेपालमा दैनिकजसो कोरोना संक्रमणबाट विभिन्न व्यक्तिहरुले ज्यान गुमाइरहेका छन् ।