Indrenionline.com

आगोसरी फैलिदै कोरोना, आज थप १२२१ जनामा संक्रमण

इन्द्रेणी संवादददाता
काठमाडौं, १४ भदौ । नेपालमा कोरोना संक्रमण आगोसरी फैलिदै गएको छ । दैनिकजसो संक्रमितको संख्या बढ्दै गएको छ भने मर्नेको संख्या पनि कमी छैन । आज आइतवार नेपालमा एकैदिन थप एक हजार दुई सय २१ जना कोरोना संक्रमण देखिएको छ ।

वितेको २४ घण्टामा २४८ महिला र ८७३ जना पुरुष गरी एक हजार दुई सय २१ जनामा कोरोना संक्रमण पुष्टिल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । आइतवारमात्रै काठमाडौं  उपत्याकामा थपिएका कोरोना संक्रमितको संख्या ४२९ रहेको छ । जसअनुसार काठमाडौं जिल्लामा ३७२ जना, ललितपुर जिल्लामा १२ जना र भक्तपुर जिल्लामा ४५ जना रहेका छन् ।

अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ हजार छ । होम आइसोलेसनमा ६ हजार ९०० र संस्थागत आइसोलेसनमा १० हजार ६१२ रहेका छन् । पछिल्लो २४ घण्टामा २६७ जना कोरोना जितेर घर फर्किएका छन् ।