सल्यान २८ असार । सल्यानमा पूर्ण खोप गाविस घोषणा अभियानलाइ तिब्रता दिइएको छ । सन २०१७ सम्म जिल्लालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य अनुसार यो अभियानलाइ जिल्ला स्वास्थ्य कार्यालयले तिब्रता दिएको छ ।
१२ महिना देखि २३ महिना सम्मका बालबालिकाले पाउनुपर्ने पोलियो, बिसिजी, हेपटाईटिस बी, डिपिटी, दादुरा, रुबेला, टिटी जस्ता खोप पूर्ण रुपमा पाएको अवस्था र आउँदा दिनमा पनि पाउने सुनिश्चितता भएपछि धनवाङ पूर्ण खोप गाविस बन्ने भएको हो ।।