तुलसीपुर २८ असार । दाङको पुरन्धारा गाबिस १ सुन्दर खालका ५ जना कृषकलाई उन्नत जातका बाख्रा पालनका लागी आर्थिक सहयोग गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि एलजिसिडिपिले पुरन्धार १ का ५ जना कृषकलाई ६० हजार रुपैयाँ सहयोग गरेको हो । पुरन्धारका अधिकांसको एउटा पेशा बाख्रा पालन मानिन्छ ।