Indrenionline.com

नेकपा सचिवालयको भोलि बोलाइएको बैठक स्थगित

काठमाडौं, १२ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भोलि शनिबार बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । विहान ११ बजेका लागि तय भएको सचिवालय बैठक स्थगित भएको हो ।

बैठक १८ गतेका लागि तय गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि केही नेताहरु आइलोसेशनमा बसेका कारण बैठक १८ गतेका लागि सारिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।