Indrenionline.com

आठ वर्षीया छोरी बलात्कार गर्ने बाबु प्रहरी फन्दामा

इन्द्रेणी संवाददाता
सल्यान, ११ भदौ । सल्यानमा आफ्नै छोरीलाई बलात्कार गरेर फरार रहेका बाबुलाई प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका ती व्यक्तिले आफ्नै ८ वर्षीया छोरीलाई पटक पटक बालात्कार गरेको पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार बालिकाका आफन्तले भदौ ८ गते पटक पटक बाबुले छोरीमाथि बलात्कार गरेको जाहेरी दिएका थिए ।

पीडितको जाहेरीपछि घटना सार्वजनिक भएको घरमै लुकिछिपी वसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पछि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । ३६ वर्षका ती बाबुले छोरीलाई पैसा दिएर पटक पटक जवरजस्ती गरेको खुल्न आएको छ ।