इन्द्रेणी संवाददाता
डोल्पा, ८ भदौ । डोल्पामा जंगली च्याउ खाँदा चार जना गम्भीर विरामी परेका छन् ।
उनीहरुले आइतबार साँझको खानासँगै जंगली च्याउ खाएपनि विरामी भएको आज विहान मात्रै प्रहरीले मात्रै जानकारी पाएको थियो ।
उनीहरुलाई उपचारका लागि नेपालगञ्ज ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । चारै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।