इन्द्रेणी संवाददाता
काठमाडौं, ८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदलले तयार परेको प्रतिवेदनमा भोलिदेखि छलफल गर्ने तयारी गरेको छ ।
अध्यक्षद्वयले प्रतिवेदन विषयमा केन्द्रित भएर छलफल गर्ने सल्लाह भएपनि समय अझै तय भएको छैन । तर मंगलबार विहान बालुवाटारमा छलफल हुनसक्ने सम्भावना रहेको सचिलायका एक सदस्यले बताए ।
प्रतिवेदन माथि सचिवालयमा छलफल भएर स्थायी कमिटी बैठकमा छलफलसहित अनुमोदनका लागि लैजाने तयारी अध्यक्षद्वयको छ । कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।