सिन्धुपाल्चोक, ७ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ लिदी पहिरोमा हराएका मध्ये ३३ जनाको शव फेला परेको छ ।
यसैगरी लिदी पहिराका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो ।