Indrenionline.com

आज थपिए ६३४ कोरोना संक्रमित, कूल संक्रमितको संख्या ३१ हजार नाघ्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, ६ भदौ । नेपालमा आज शनिवार थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ ह्जार ११७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना सङ्क्रमित निको भएर घर फर्केको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आज उपत्यकामा मात्र २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना संक्रमित रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेका छ ।