Indrenionline.com

कोरोनाबाट पर्सामा थप दुई जनाको मृत्यु

पर्सा, ६ भदौ । कोरोना संक्रमणबाट पर्सामा थप दुईको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षका पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षका पुरुषको कोरोना सङ्क्रमणका ज्यान गएको हो ।

५८ वर्षका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कुनै पनि ट्राभल हिस्ट्री नभएका उहाँमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । यस्तै अस्ति ४ गते उपचारका लागि अस्पताल भर्ना हुनुभएका ६१ वर्षका पुरुषको बिहान सवा ७ बजे ज्यान गएको हो ।