काठमाडौं, ६ भदौ। कोरोना भाईरस संक्रमण पुष्टि भएका जटिल प्रकृतिका विरामीहरुलाई समेत भर्ना गर्न अफ्ठेरो हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस र समन्वयमा मात्रै काठमाडौं उपत्यकाका अस्पतालहरुले आईसोलेसन र आईसियूमा भर्ना गर्न पाउने भएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारी,डा।माधबप्रसाद लम्साल, डा।नवराज जोशी र डा।कुम्भराज जोशीको सिफारीसमा मात्रै अस्पतालमा कोभिड १९ का भर्ना हुनुपर्ने अवस्थाका विरामीहरुले भर्नाका लागि अनुमति पाउनेछन् ।
मन्त्रालयका आइसीएस कोर्डिनेटर एबम् निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। गुणराज लोहनीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस अस्पतालमा कोभिड १९ को लागि छुट्याइएको आईसोलेसन तथा आइसीयु बेडहरुमा विरामी भर्ना गर्नुपर्दा क्लिनिकल म्यानेजमेन्ट टिमको सिफारीस र समन्वयमा मात्र भर्ना गर्नुहुन निर्देशन गरीन्छ ।’ राजधानीमा खबर छ ।
