रुकुम, ४ भदौ । रुकुमपश्चिमको चौरजहारीमा सञ्चालन गरिएको कोरोना पीसीआर परीक्षण प्रयोगशाला आर्थिक संकटमा परेको छ ।
चौरजहारी नगरपालिकाले १ करोड ५८ लाख लागतमा गत असार अन्तिम सातादेखि पीसीआर मेशिन सञ्चालनमा ल्याएको थियो । पीसीआर मेशिन खरीद तथा ल्याब सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार अनुदान दिएको थियो भने बाँकी ७१ लाख ६० हजार नगरपालिकाले लगानी गरेको छ । अहिले जिल्लामा संकलन गरिएका स्वावहरु परीक्षणका लागि सुर्खेतको प्रयोगशालामा पठाउने गरिएको छ ।