काठमाडौं, ४ भदौ । निर्वाचन आयोगले सत्तारुढ दल नेकपाको चुनावी चिह्नसँग मेल खाने गरी नयाँ राजनीतिक दललाई पनि चुनाव चिह्न प्रदान गरेको छ । सत्तारुढ दल नेकपा र बुधबार आयोगबाट दलको प्रमाणपत्र पाएको नेकपा एमाले दुवैको चुनाव चिह्न सूर्य भएको छ । नेकपाको चुनाव चिह्न सूर्य र नेकपा एमालेको उदाउँदै गरेको सूर्य भएको छ ।
नेकपा एमालेका महासचिव मनीषकुमार उपाध्यायले जिन्दगीमा कहिल्यै नअस्ताउने पार्टीको रूपमा आफूहरूले उदाउँदै गरेको सूर्यलाई चिह्नको रूपमा लिएको बताए । ‘उदाइसकेको सूर्य कस्तो हुन्छ सबैले देखिसकेका छौँ, अस्ताएजस्तै भएको छ । अब हामी मदन भण्डारीको पथमा लाग्ने हो । जिन्दगीमा पनि नअस्ताउने भनेर हामीले उदाउँदै गरेको सूर्य चिह्न लिएका हौँ । उदाउँदै गरेको छ, जिन्दगी अस्ताउँदैन भनेको हो ।’
निर्वाचन आयोगको बुधबार बसेको बैठकले नेकपा एमालेलाई सबै कागजात हेरेर प्रमाणपत्र दिने निर्णय गरेको थियो । आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘बुधबार बैठक बसेर हामीले प्रमाणपत्र दिने निर्णय गरेका थियौँ । उहाँहरूले पेस गरेको कागजपत्र अध्ययन गरेर प्रमाणपत्र दिएका छौँ ।’
आयोगले दिएको प्रमाणपत्रअनुसार उक्त दलको दर्ता नम्बर १६० रहेको छ । पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत माक्र्सवादी–लेनिनवादी० रहेको छ । नाममा कतै पनि कमा, फुलिस्टप राखिएको छैन । राजनीतिक दलको केन्द्रीय कार्यालय कामनपा–१० काठमाडौंमा रहने बताइएको छ । नयाँ पत्रिकाबाट