काठमाडौं, असार २८। शिक्षा नियमावली नबन्दा शिक्षा ऐन कार्यान्वयन अन्यौल भएको छ । ऐनमा व्यवस्था भएका विषय नियमावलीमा नहुँदा कार्यान्वयनमा समस्या देखिएको हो । गएको १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि शिक्षा ऐन आठौं संशोधन लागु भएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ । यसलाई कार्यान्वयन गराउन विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्छ । यस्तै नियमावलीमा यसबारे विस्तृत रुपमा उल्लेख हुनुपर्छ । कानुन, अर्थ र अरु मातहतका मन्त्रालयले नियमावली तयार गरेपछि मन्त्रीपरिषद् बैठकले पारित गर्नुपर्छ । तर अझैसम्म पनि नियमावली नबन्दा ऐन कार्यान्वयनमा अन्यौलता देखिएको हो ।।