काठमाडौँ, ३ भदौ । राष्ट्रिय झण्डा जलाउने कार्यमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेपछि काठमाडौँको स्वयम्भूमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । गीतको परिकल्पनाकार मकवानपुरको वागमती गाउँपालिका ३ का ग्याल्जेन शेर्पासहित आठ जनालाई पक्राउ गरेको सिआइबी स्रोतले जनाएको छ ।