इन्द्रेणी संवाददाता
सल्यान, ३ भदौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सल्यानको कपुरकोट गाउँपालिकाले नजिकिदै गएको हरितालिका तीज पर्वमा गरिने विभिन्न सामुहिक क्रियाकलापमा प्रतिवन्ध लगाएको छ ।
कोरोना महामारीको संवेदनशील स्थितिमा सबैलाई सजग र सचेत बन्न, सामाजिक दुरी कायम गर्न, भिडभाड नगर्न, सरसफाइमा ध्यान दिन, सकारात्मक सोचको विकास गर्न, सन्तुलित भोजन गर्न तथा नियमित ब्यायामसँंगै स्वस्थकर आहार र ब्यवहारमा सतर्कता अपनाउन अपिल कपुरकोट गाउँपालिकाले अनुरोध गरेको छ ।