इन्द्रेणी संवाददाता
बाँके, २ भदौ । बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । नेपालगत्तज उपमहानगरपालिका वडा नं. ५ का ६२ वर्षिय मुस्लिम समुदायका एक पुरुषको गएराति ज्यान गएको हो ।
साइसोलेशनमा राखेर उपचार भइरहेका ती पुरुषको सोमवार दिउँसो ३ बजेमात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।