काठमाडौं, २ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ ।
एसईईको नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिनेछ । कक्षा १० को विद्यालय मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ स्वीकृत गरी त्यही कार्यविधिका आधारमा शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणित भइ आएको विद्यार्थीहरुको प्राप्ताङ्कलाई सङ्कलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।