काठमाडौं, १ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज वसेको सचिवालय बैठकले पार्टीभित्र देखिएका समस्या सामधानका लागि गठित ६ सदस्यीय कार्यदल अनुमोदन गरेको छ ।
Photo File
बैठकमा कार्यदलबारे छलफल भइ त्यसलाई सकारात्मक रुपमा लिइ अनुमोदन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकले कार्यदललाई देशको लागि गर्नुपर्ने कार्यभारबारे समेत सुझाव दिने जिम्मेवारी दिएको छ। सचिवालय बैठक बिहान ९ः३० बजेदेखि बालुवाटारमा बसेको थियो ।