Indrenionline.com

बीरगञ्जमा सेना परिचालन

इन्द्रेणी संवाददाता
बीरगञ्ज, ३२ साउन । कोरोनाको हटस्पट बन्दै गएको बीरगञ्जमा आज दिउँसोदेखि नेपाली सेना परिचालन गरिएको छ । जारी निषेधाज्ञालाई थप कडाइ बनाउन दिउँसो २ वजेदेखि सेना परिचालन गरिएको हो ।

बीरगन्जका जनप्रतिनिधि, व्यवसायी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकारलगायत सर्वसाधारण कोरोना संक्रमण बढदै गएकोले आउन सक्ने बिकराल समस्यालाई नियन्त्रण गर्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निषेधाज्ञाको पालना गराउन सहयोग गर्न सेनाले गस्ती गरिरहेको त्यहाँस्थित चण्डीप्रसाद गणले जनाएको छ ।
वीरगञ्जमा हालसम्म १ हजार २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ भने २२ जनाको मृत्यु भइसकेको छ ।