Indrenionline.com

प्यूठानमा थप २८ जनामा कोरोना संक्रमण

इन्द्रेणी संवाददाता
प्यूठान, ३२ साउन । प्यूठानमा आइतबार एकैदिन थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा सरुमारानी गाउँपालिकाका १७ जना र स्वर्गद्वारी नगरपालिकाका ११ जनामा कोरोना संक्रमण पुटि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।

संक्रमित हुनेमा ७ महिला र २१ जना पुरुष रहेका छन् । उनीहरुको उमेर १ बर्षदेखि ६४ बर्षसम्मका रहेका छन् । उनीहरु पालिकाका बिभिन्न क्वारेन्टीनमा रहेका थिए । यो सगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४०५ पुगेको छ ।