Indrenionline.com

कोरोनामुक्त भइ डिस्चार्ज भएको चार घण्टामै एक जनाको मृत्यु

पर्सा, ३२ साउन । कोरोना सङ्क्रमणमुक्त भएका एक जनाको डिस्चार्ज भएको चार घण्टामै मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयरमा रहेको नारायणी अस्पताल विषेश कोरोना अस्थायी अस्पतालबाट शनिबार राति कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका वीरगञ्ज महानगरपालिका १३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएको समयमा नै झाडापखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले उनलाई उपचारको लागि अस्पताल भर्ना गर्न चिकित्सकले सल्लाह समेत दिएका थिए ।

डिस्चार्ज भइसकेकालाई कोरोना अस्पतालमा भर्ना गर्न नकिल्ने भनिएपछि नारायणी वयोधा अस्पतालको आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा शनिबार राति साढे ११ बजे ती बृद्धाको ज्यान गएको हो ।