Indrenionline.com

सरकारबाट बाहिरियो माओवादी, अब फेरी नयाँ समिकरणको रेस सुरु

काठमाडौं ,२८ असार नेकपा माओवादी केन्द्रले  वर्तमान सरकार लाई दिएको समर्थन  फिर्ता लिएको जानकारी दिएकोछ  समर्थन फिर्ता जानकारी सहितको पत्र माओवादीले राष्ट्रपति , प्रधानमन्त्री र सभामुखको कार्यालयमा पठाएको छ

यस्तै, आफ्नो निर्णयबारे जानकारी दिन माओवादी केन्द्रले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दैछ । प्रचण्डको निजी सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।