Indrenionline.com

नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या १०२ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ साउन। नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या १०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जनाको ज्यान गएपछि कोरोना संक्रमणबाट मर्नेको संख्या १०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषा जिल्ला घर भएका तीन जना पुरुषको मृत्यु भएको जनाएको छ ।