इन्द्रेणी संवाददाता
सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदी करुवत्तमा पहिरो जाँदा १३ घर पुरिएका छन् भने २७ घरमा क्षति पुगेको छ । पहिरोमा परेर करीव ३५ जना अराइरहेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद काफ्लेले प्रहरीहरु घटनास्थल पुगेको र उद्धारको काम भइरहेको बताएका छन् । घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी समेत भइरहेको प्रहरीले जनाएको छ । पहिरो आज विहान ६ बजेतिर आएको हो । यो समाचार तयार पार्दासम्म पहिरोमा भएको क्षतिको सबै विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।