रुपन्देही, ३० साउन। बुटवल उपमहानगर क्षेत्रभित्र आजदेखि बन्दाबन्दी गरिने भएको छ । बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
दूध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्न पाउने उपमहानगरपालिकाले जनाएको छ । लकडाउनपछि सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने र तरकारी बोक्ने गाडी पनि परिचयपत्र बोकेर मात्रै सञ्चालन गर्न पाइने छ । उपमहानगरपालिकाले होटल तथा रेष्टुरेन्ट पनि बन्द गर्न निर्देशन दिएको छ । रासस