इन्द्रेणी संवाददाता
काठमाडौं, २९ साउन। नेपालमा आज बिहीवार थप ५२५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
बिहीवार मात्रै थप १०९ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।